लुम्बिनी र गण्डकीमा भारी वर्षा,तिनाउ नदीमा खतराको साइरन बजाइयो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

लुम्बिनी र गण्डकीमा भारी वर्षा,तिनाउ नदीमा खतराको साइरन बजाइयो

काठमाडौं, १९ असार । काठमाडौं उपत्यकासहित कोशी,गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । देशमा यतिबेला मनसुनी बायुको प्रभाव रहेको छ ।

गण्डकी,तनहुँ, पाल्पा,गुल्मी,अर्घाखाँची,रुपन्देही,कपिलवस्तु,दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भइरहेको छ । ती जिल्लाहरुमा आज दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पाल्पाको बल्डयाङगढीमा सबैभन्दा धेरै २२७.६ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यसैगरी, तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतराको तह पार गरेको छ । त्यहाँ खतराको संकेत साइरन बजाइएको छ ।

महाशाखाले गएराति दखि नै ती जिल्लाका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकाले उक्त जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम बढेको र होँचा स्थान डुब्न सक्ने चेतावनी दिएको छ ।

त्यस्तै कमजोर र भिरालो जमीनमा पहिरोको जोखिम बढेकाले अति उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

स्याङ्जामा बितेको चौबिस घन्टामा २१४ मिलिमिटर, दाङमा १५८ मिलिमिटर, नवलपुरमा २२१ मिलिमिटर, रूपन्देहीमा १६६ मिलिमिटर, पाल्पामा १८१ मिलिमिटर, तनुहँमा १९० मिलिमिटर, पाल्पाको तानसेनमा १६८ मिलिमिटर वर्षा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);