केसीमाथि खनिए निधि | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

केसीमाथि खनिए निधि

काठमाडौं, २७ पुष । कांग्रेस नेता विमलेन्द्र निधिले अदालतको मानहानिको आरोपमा पक्राउ परेका अनशनरत डा. गोविन्द केसीलाई ‘नानीमैया प्रवृत्ति’ सँग तुलना गरेका छन् । निधिले केसीमाथि खनिँदै बुधबार दुइटा ट्वीट गरे ।

 

क्षणिक लोकप्रियताका निम्ति गरिएका दुवै ट्वीटमा उनले डा . केसीको आन्दोलनलाई लिएर नकारात्मक टिप्पणी गरेका छन् । कांग्रेसकै नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङलगायत केसीको आन्दोलनको समर्थनमा उभिइरहेका बेला निधिले भने उनको आन्दोलनलाई ‘बुद्धिविलास’ भनेका छन् ।

निधिको पहिलो ट्वीटमा लेखिएको छ, ‘अदालतको अवहेलना र अनशन दुवै फेसन हुन लागेको छ । नानीमैयाँ प्रवृत्तिको लोकप्रियता बुद्धिविलासका लागि त रमाइलै होला तर व्यवस्थापकीय एवं शासकीय उत्पादनका लागि कति बुद्धिमत्तापूर्ण हुन्छ खै  भद्दा व्यवहार गर्ने नानीमैया दाहाल २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनावमा उम्मेदवार थिइन् । पञ्चायतको विरोधस्वरूप मतदाताले नानीमैयालाई अत्यधिक मतले जिताएका थिए । यिनै नानीमैयासँग निधिले सत्याग्रही केसीको आन्दोलनलाई तुलना गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता निधिविरुद्ध खनिएका छन् । उनका दुई ट्वीटमा गरी २ सयभन्दा बढी प्रतिक्रिया आएका छन् ।
केसीको आन्दोलनमाथि तिखो टिप्पणी गरेका निधि उनका समर्थकहरूमाथि पनि खनिएका छन् । उनले दोस्रो ट्वीटमा लेखेका छन्, ‘सरकार, संसद् र अदालत तीनैवटा राज्यको अंग मैले भनेअनुसार नै चल्नुपर्छ । आईएम द स्टेट होइन र यो रु नानीमैयाको पुलिंग अवतार र भक्तहरू ।’ निधिले केसीको आन्दोलनका समर्थकलाई भक्त र पुलिंग अवतारको बिम्ब दिँदै खिस्याएका छन् । निधि नेविसंघको अध्यक्ष हुँदा गोपाल पराजुली अहिलेका प्रधानन्याधीश उपाध्यक्ष थिए ।

निधिका दुवै ट्वीटमाथि सामाजिक सञ्जालका प्रयोगकर्ताहरू खनिएका छन् । ट्वीटर प्रयोगकर्ता विनोद न्यौपानेले लेखेका छन्, ‘सामाजिक मूल्य र मान्यताको अन्तिम विन्दुमा पनि रहेनछन् यी साथी ।’ उद्धव खनालले निधिको टिप्पणीमाथि व्यंग्य गर्दै लेखेका छन्, ‘साह्रै बौद्धिक कुरा भो, बुद्धिविलासजी । तपाईंको व्यवस्थापकीय र शासकीय उत्पादन देशले धेरै पटक चाखिसकेको छ ।’ निधिमाथि राजेन्द्र पंगेनीको टिप्पणी छ, ‘तपाईंको बुद्धि, विवेकले सोच्न सक्ने यति नै त हो, योभन्दा माथि सोच्न सक्ने भाको भए न त गोपाल पराजुलीजस्ता न्यायाधीश बन्थे, न त डा. केसीजस्ता निष्ठाका प्रतीकलाई राज्यले यस्तो अचाक्ली गथ्र्यो ।’ अच्युत घिमिरेले निधिलाई हिन्दी चलचित्र ‘सहन्सा’ हेर्न सुझाव दिएका छन् । विष्णु पुरीले लेखेका छन्, ‘मधेस र मधेसी जनताको दुख देखाएर खान थालेको यत्रो वर्ष भइसक्यो । हरेक वर्ष जाबो चिसो थेग्न नसकेर मधेसका जनता मरिरा’छन् । त्यतातिर सोचे बरु अर्कोचोटि केही हुन्थ्यो कि सर  ? आजको कान्तिपुर पत्रिकामा यस्तो खवर छ ।