रास्वपाले गठन गर्यो ¥यापिड एक्सस टीम | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

रास्वपाले गठन गर्यो ¥यापिड एक्सस टीम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली (¥यापिड एक्सस टीम, आरएटी) गठन गरेको छ ।

सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठन गरिएको समिति प्रदीप तिमिल्सिनाको नेतृत्वमा बनाइएको छ । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने रास्वपाले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पु¥याउन सकिने रास्वपाको भनाइ छ ।

आरएटी संरचना वडादेखि केन्द्रसम्म हुने भन्दै रास्वपाले आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्ने प्रष्ट पारेको छ । उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ हुनुहुन्छ । उद्धारका लागि खटिने द्रुत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले सो कमिटी बनाएको प्रवक्ता ढकालको भनाइ छ ।

रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने स्पष्ट पारिसकेको छ । आरटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली भएकाले भ्रातृ संंस्थाको रुपमा बुझ्न नहुने महामन्त्री ढकाले बताउनुभयो । प्रशासनसँग समन्वय गरेर नागरिकलाई सेवा दिने उहाँको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);