काठमाडौं, १८ असार । संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने सरकारले तयारी थालेकोे छ ।
गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्तीको अवसरमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त ऐन केही दिनभित्रै सदनमा प्रस्तुत गर्ने बताएका हुन् ।
संघीय शिक्षा ऐन आवश्यकता रहेको उल्लेख गर्दै सो ऐन आएपछि नयाँ शिक्षा नीतिका लागि मार्गदर्शन हुने पनि प्रचण्डको भनाई थियो ।