पूर्वसभामुख ढुंगानाको टिप्पणी– प्रशासन बाहिरको आदेशबाट चलेको छ | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

पूर्वसभामुख ढुंगानाको टिप्पणी– प्रशासन बाहिरको आदेशबाट चलेको छ

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले बनाएको कानून भन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताउनुभएको छ ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदले बनाएको कानूनबाट प्रशासन नचलेको बताउनु भयो । उहाँले संसदले यसबारेमा ध्यान दिन नसकेको बताउनु भयो ।

उहाँले राजनीतिक पार्टीहरु सत्ताको स्वार्थमा डुबिरहेको बताउनु भयो । उहाँले संसदले बनाएका कानून प्रशासनले नमान्नु भनेको संसदको अपमान भएको र अहिले सोही कुरा देखिरहेको बताउनु भयो ।

पूर्वसभामुख ढुंगानाले संसद प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको बताउनु भयो ।

Leave a Reply