आजदेखि एक हप्ता ग्रिन विक मनाउँदै नबिल बैंक | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

आजदेखि एक हप्ता ग्रिन विक मनाउँदै नबिल बैंक

काठमाडौं । नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ आयोजना गर्ने भएको छ ।

नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर बैंकले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो । बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि साताव्यापी नबिल ग्रिन विक’ कार्यक्रम गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गनाले बताउनु भयो। उहाँले नबिल सस्टेनेबल बैंकिङले शुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौतिलाई सम्बोधन गर्न दिगो अभ्यासलाई प्रवद्र्धन गरिरहेको बताउनु भयो।

उहाँले नविल बैंकको प्रयासले थुप्रै उपलब्धी हासिल गर्न सफल भएको बताउनु भयो। उहाँले नबिल ग्रिन विक कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बिस्तार, बजार पहुँच र वित्तीय समावेशितालाई विस्तार र कृषि तथा साना व्यवसायमा वित्तीय सेवा दिएर स्थानीय आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्य रहेको बताउनु भयो। उहाँले बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जामार्फत वित्तीय पहुँच बिस्तार गरिरहेको बताउनु भयो । उहाँले एक साता नबिल ग्रिन विकमार्फत कृषिको व्यवसायीकरण र उद्यमशीलता विकास गर्न सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो। उहाँले नविल बैंकको जस्तै सबै बैंकहरुले दिगो बैंकिङ सेवा विस्तार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नविल बैंकले नबिल सस्टेनेबल हाउजिङ लोन अन्तर्गत वातावरणमैत्री घर निर्माणमा कर्जा दिने व्यवस्था गरेको बताउनु भयो । उहाँले बैंकले हाइड्रोमा लगानी, सहुलियत कर्जा प्रदान, सामाजिक क्षेत्रलगायतमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको बताउनु भयो।

नविल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउनुको उद्देश्य दिगो विकासका लक्ष्य पूरा गर्नको लागि बैंकको भुमिका निर्वाह गर्ने भएको बताउनु भयो । उहाँले बैंकिङ सेवा शहर केन्द्रित मात्रै नभएर ग्रामिण क्षेत्र केन्द्रित भएर गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको माइक्रो इकोनोमीको तथ्याङ्कहरु घट्दै गएको भन्दै यसमा बैंकहरुले खेल्नुपर्ने भुमिका खेल्न नसकेको स्पष्ट देखिएको बताउनु भयो । उहाँले बैंकहरुबाट देशभरका विभिन्न क्षेत्रमा लगानी भएपनि परिणाम मुलुकको आर्थिक वृद्धिसँग मेल नखाएको बताउनु भयो ।

उहाँले मुलुकको आर्थिक वृद्धि गिरावटमा गएपनि बैंकको लगानीमा भने वृद्धि भइरहेको बताउनु भयो। उहाँले बैंकहरुले वास्तविक अर्थतन्त्रलाई सहयोग गर्नेगरी बैंकिङ सेवा अगाडि नबढेको बताउनु भयो। उहाँले नविल बैंकले शुरु गरेको नबिल सस्टेनेबल बैंकिङ योजनाले वास्तविक अर्थतन्त्रलाई सर्पोट पर्नेतर्फ नविल बैंक मोडिएको बताउनु भयो। उहाँले नविल बैंकले सबैभन्दा बढी उत्पादनशिल क्षेत्रमा प्राथमिकता दिएर बैंकिङ सेवा दिएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);