हिक्मत कार्की नेतृत्वको सरकार ढल्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

हिक्मत कार्की नेतृत्वको सरकार ढल्यो

काठमाडौं, १५ असार । नेकपा एमालेका नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेशको सरकार ढलेको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन नसकेपछि कार्की नेतृत्वको सरकार ढलेको हो ।

९३ सदस्यीय प्रदेशसभामा भएको मत विभाजनमा कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो । मतदानमा ८९ जना सांसद सहभागी थिए ।

एमाले नेता कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपा र माओवादी केन्द्रले फिर्ता लिएपछि अल्पमतमा परेको हो ।

हाल कोशी प्रदेशमा एमालेको ४०, नेपाली कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);