काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिदैंछन् । विश्वासको मत लिनुअघि कार्कीले विपक्षी दललाई पनि पत्र पठाएका हुन् ।
प्रदेश सभाको आज बैठक बस्दैछ । कार्कीले विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित दललाई आफूलाई मत दिन लिखित पत्र पठाएका हुन् ।
माओवादी र जसपाले सरकार छाडेपछि कार्की अल्पमतमा परेका छन् । उनले आज दिउँसो १ बजे विश्वासको मत लिदैंछन् ।