काठमाडौं, १४ असार । सत्तारुढ दल नेपाली कांग्रेसमने भातृसंगठन नेपाल तरुण दलले जम्बो तदर्थ समिति बनाएको छ ।
गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट ४ सय सदस्यहरु मनोनयन गरेको हो ।
कांग्रेसका मुख्य सचिव डा.प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन् ।