काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्धामा सुनुवाई सकिएको छ ।
प्रतिनिधि सभा सदस्य पद अयोग्यता सम्बन्धी मुद्दामा आज प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाई भएको हो ।
लामिछानेको सांसद पद अयोग्यताको बारेमा युवराज पौडेल ‘सफल’ सर्वोच्चमा रिट दायर गरेका थिए । सुनुवाई सकिएसँगै फैसला लेख्ने काम भइरहेको छ । फैसला आज साझँसम्म आउने बताइएको छ ।