दाईजो नपाएको भनि विवाह रद्द गर्न खोज्ने बेहुला मण्डपबाटै पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

दाईजो नपाएको भनि विवाह रद्द गर्न खोज्ने बेहुला मण्डपबाटै पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट विवाह हुँदै गर्दा बेहुलालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगापालिका वडा नं. १ नक्साल स्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसबाट प्रहरी अधिकृत सहितको प्रहरी टोलीले उक्त बिवाह मण्डपबाट अनुराग रौनियार (बेहुला)लाई पक्राउ गरेको हो ।
बिवाह हुँदै गर्दा बेहुला पक्षले आफुहरुले मागेजती दाईजो नपाएको भनि बिवाह रद्द गर्ने निर्णय गरेको विषयलाई लिई दुई पक्ष विच बिवाद भएको थियो ।

साथै, केटा पक्षले जन्तीलाई राम्रो स्वागत समेत नभएको भनि विवाद गरी पचास लाख रुपैयाँ दाहिजो नपाए बिवाह रद्द गर्ने अडान लिई मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेईजती तथा हातपात भएको हुँदा बेहुलालाई प्रहरी वृत्त मालीगाउँले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त बिवाहमा बिवाह खर्च वापत केटा पक्षले पटक पटक गरी बाईस लाख लगेको भन्ने समेत बुझिएको ।
बेहुला सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं. ६ स्थाई घरभई हाल ताहाचल बस्ने बताइएको छ । उनी अमेरिकाको ग्रिन कार्ड प्राप्त व्यक्ति हुन् ।

उक्त घटनाको सम्बन्धमा प्रकरण (क) मा उल्लेखित पक्राउमा परेको व्यक्ती अनुराग रौनियार उपर बिवाह सम्बन्धी कसूर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन – ५ को म्यादथप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

ताजा समाचार