गठबन्धनमा भ्रम छरेर मुलुकलाई अन्योलमा राख्नु हुँदैनः सांसद कार्की | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

गठबन्धनमा भ्रम छरेर मुलुकलाई अन्योलमा राख्नु हुँदैनः सांसद कार्की

काठमाडौं । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई दुविधामा राख्न नहुने बताउनुभएको छ ।

मंगलावर संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सत्तँ गठबन्धन ५ वर्ष नै चल्ने र अहिले गठबन्धन लयमा रहेको बताउनु भयो ।

उहाँले यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्ने बताउनु भयो । उहाँले इतिहासले दिएको जिम्मेवारी र जनताको चाहनाअनुसार गठबन्धन चलिरहेको बताउनु भयो ।

सांसद कार्कीले इतिहासले दिएको जिम्मेवारीअनुसार नै सरकारले काम गरिरहेको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार