बजेट अगावै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छः ज्ञानेन्द्रबहादुर कार्की | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बजेट अगावै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छः ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनैपनि सम्भावना नरहेको बताउनुभएको छ ।

सडक शिलान्यासका लागि इनरुवा पुग्नुभएका कार्कीले काँग्रेस र एमाले मिल्ने आँकलन सहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको बताउनुभएको हो ।

उहाँले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताउनु भयो । उहाँले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताउनु भयो । उहाँले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताउनु भयो ।

नेता कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);