काठमाडौं, १२ असार । आइतबारदेखि सुरु भएको जनता समाजवादी पार्टी (जसपा)नेपालको विधान अधिवेशन आज समापन हुँदैछ । आजको बैठकमा मस्यौदा विधान माथि समुहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ । १० समुहबाट समुहगत धारणा राखेपछि अधिवेशनको अन्तिम दिन पार्टी अध्यक्ष यादवले जवाफ दिएर संशोधनसहित विधान पारित गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ ।
विधानमा एउटै पदमा २ पटकभन्दा बढी बस्न नपाइने, कुनै पनि कार्यसमितिका पदाधिकारीमा २ पटक भन्दा बढी बस्न प्रतिबन्ध लगाउने उल्लेख गरिएको छ । त्यसैगरी, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा ५ वर्ष पार्टी सदस्यता लिएको ५ वर्ष हुनुपर्ने लगायतका नयाँ प्रावधान राखिएको विधान प्रस्ताव गरिएको छ ।
महाधिवेशनमा केन्द्रीय समितिका ४ सय २०, प्रदेश, जिल्ला, भातृ संगठनगरी देशभरबाट करिब ८ सय प्रतिनिधिहरु सहभागी भएको जनाइएको छ ।