एजेन्सी,१० असार । हङकङको क्याथे प्यासिफिक उडान CX880 शनिबार बिहान प्राविधिक समस्याका कारण अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नुअघि नै ग्राउन्ड गरिएको थियो। आपतकालीन उद्धारका क्रममा ११ जना यात्रु घाइते भएका छन् ।
घाइते यात्रुलाई अस्पताल लगिएको छ, जसमध्ये ९ जना डिस्चार्ज भएका छन् । हङकङदेखि लस एन्जलसको उडानमा १७ चालक दलका सदस्य र २९३ यात्रु थिए। सार्वजनिक प्रसारक आरटीएचकेले प्रहरीलाई उद्धृत गर्दै विमानको एउटा टायर अत्यधिक तातो भएको र त्यसको कारण फुटेको बताएको छ।
क्याथेले एक विज्ञप्ति जारी गर्दै यात्रुहरू पाँचवटा ढोका एस्केप स्लाइडहरू प्रयोग गरेर विमानबाट बाहिर निस्किएको बताए।’ हाम्रा साझेदारहरूले अस्पतालमा भर्ना भएका दुई यात्रु र उनीहरूका परिवारलाई सहयोग गर्न जारी राख्नेछन्,’ क्याथेले भने । एयरलाइन्स क्याथेले ग्राहकहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।