विश्वकप छनोटमा नेपालको यात्रा टुङ्गियो, नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

विश्वकप छनोटमा नेपालको यात्रा टुङ्गियो, नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल समुह चरणबाटै बाहिरिएको छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा आज नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपालको विश्वकप छनोटको यात्रा टुङ्गीएको हो ।

आजको खेलमा टस जितेर नेदरल्यान्ड्सले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । जारी खेलमा नेपालले खराब सुरुवात गरेको थियो । ४४.३ ओभरमा १६७ रनमा अलआउट हुन पुगेको हो ।

पहिलो विकेटको रुपमा ओपनर आसिफ सेखलाई गुमाएको थियो । दास्रो विकेटकोरुपमा कुशल भुर्तेल आउट भए । कुशलले ४२ बलमा २७ रन जोडे । यस्तै भिम सार्की २२ रन बनाएर आउट हुन पुगे । आरिफ सेख ६ रन तथा कुशल मल्ल १२ रनमा पबिलियन फिर्किए । यस्तै सन्दीप लामिछानेले २७ रन जोडे ।

नेपालले दिएको १६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);