सरकारले विमान खरिद प्रक्रियालाई साहसका साथ अघि बढाउनु पर्छः नारायण खड्का | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सरकारले विमान खरिद प्रक्रियालाई साहसका साथ अघि बढाउनु पर्छः नारायण खड्का

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा नारायण खड्काले विमान खरिद गर्ने कामलाई साहसका साथ अघि बढाउन सरकारलाई आग्रह गर्नु भएको छ ।

धेरै ठूलो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि विमान खरिदको कामलाई सरकारले हिम्मतका साथ अघि बढाउनुपर्ने उहाँको भनाई थियो । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै नेता खड्काले विमान खरिद हुन नदिनका लागि अदालतमा मुद्दा हाल्नेलगायतका लफ्डा हुने भएपनि सरकारले पारदर्शी रुपमा सो प्रक्रियालाई अघि बढाउन ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले हवाई उडानका लागि आईकाओले लगाएको प्रतिबन्ध फुकुवा गर्ने कामलाई पनि सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताउनु भयो । नेता खड्काले भन्नु भयो, ‘नयाँ जहाज किन्ने कुरामा अनेक खालको लफडा हुन्छ । कसैले अदालतमा मुद्दा हाल्छन । भ्रष्टाचारको कुरा आउँछ । तथापि हामीहरुले जे भने पनि साहसका साथ, हिम्मतका साथ जहाजहरु पारदर्शी ढंगले खरिद गरेर अनि आईकाओको कन्डिशनलाई हटाउन सकियो भने धेरै ठूलो मार्केट छ पर्यटन क्षेत्रको । जहाजकै समस्या भएपछि हामीले कसरी पर्यटन क्षेत्रको विकास गर्ने ? त्यसकारण यो बारेमा हामीले अत्यन्तै गम्भिरतापूर्वक हुनु पर्दछ ।’

नेता खड्काले नीति तथा कार्यक्रममा परेको सगरमाथा विमानस्थलका लागि बजेट विनियोजन नगरिएकोमा अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति आक्रोश समेत व्यक्त गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);