‘नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो’ | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

‘नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह हो’

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना पर्ने नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गर्नुभएको हो। उहाँले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताउनु भयो। उहाँले यदी ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताउनु भयो। उहाँले वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताउनु भयो। उहाँले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताउनु भयो। उहाँले नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताउनु भयो।

उहाँले एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टी जनाउनु भयो । उहाँले निगमलाई सोमलियाकी आमा जस्तो बनाउन थालिएको बताउनु भयो। उहाँले नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार गर्न आवश्यक रहेको बताउनु भयो। सांसद भट्टाराई एमालेको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगे पनि निजीकरण ग¥यो भनेर काम गर्न नदिइएको बताउनु भयो । उहाँले सर्वसाधरण समेतलाई शेयर निस्काषन हुने गरी पब्लिक कम्पनीमा लैजान जरुरी रहेको बताउनु भयो। उहाँले त्यसको लागि प्रवन्धपत्र तयार भएको बताउनु भयो।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भन्दा अरु हुन नसक्ने बताउनु भयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८५ लाख यात्रुहरुलाई सेवा दिइरहेको भन्दै विमानस्थलको क्षमता अधितम ९० लाख रहेको बताउनु भयो। उहाँले पोखरा,भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपनि ती विमानस्थलाई जनतालाई सहजता भन्दा पनि पर्यटकीय विमानस्थल बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पर्यटकीय गन्तव्य ठाउँमा भएकाले आफैँले उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएर गल्ती भएको भन्दै विमास्थल चलाउन सरकारले पनि पहल गर्नु आवश्यक रहेको बताउनु भयो। उहाँले काठमाडौंको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ९० वटा रहेको र अर्को वर्ष ११० वा ११५ अन्तर्राष्ट्रिय उडान हुने बित्तिकै साँघुरो हुने बताउनु भयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनेको निजगढ बाहेक अन्य हुन नसक्ने भन्दै निजगढ विमानस्थल सरकारले बनाउनै पर्ने बताउनु भयो। उहाँले नेपालमा ५५ वटा विमानस्थलहरु रहेपनि धेरै विमानस्थलहरु चल्न नसकेको बताउनु भयो। उहाँले विमानस्थल नयाँ थप्ने की नथप्ने भन्ने ठूलो नीतिगत प्रश्न उठेको भन्दै अनाश्वयक रुपमा नयाँ विमानस्थल थप्न आवश्यक नभएको बताउनु भयो। उहाँले विमानस्थल व्यवसायिक प्रतिफल,पर्यटन र जनताको सहजताका लागि निर्माण गरिने बताउनु भयो।

उहाँले ताप्लेजुङको सुकेटार,संखुवासभाको तुम्लिङटार,लुक्ला सोलुखुम्बु,सिमीकोट हुम्ला र ताल्चा मुगु विमानस्थल पर्यटकीय हिसावले महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले यी विमानस्थलको सकेसम्म सरकारले स्तरोन्नति गर्न आवश्यक रहेको बताउनु भयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);