काठमाडौं, ८ असार । काठमाडौंबाट भारतको गुजराततर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको बताइएको छ । एआर–०६ इ ७०३१ नम्बरको बस सडकमै पल्टिदा १२ जना घाइते भएका छन् ।
प्रहरी र स्थानिय भएर घाइतेहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।