बजेट नसच्याइकन पारित हुन सक्दैनः उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

बजेट नसच्याइकन पारित हुन सक्दैनः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय काार्यलय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतका कमी कमजोरीहरुलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताउनु भयो । उहाँले आदिवासी, मधेसी मुद्दाहरु सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताउनु भयो । उहाँले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरु आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाती, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताउनु भयो ।

अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरुसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताउनु भयो । उहाँले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसदबाट पास हुने बताउनु भयो । उहाँले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले बजेट सच्याएर अघि बढ्ने सहमति भएको बताउनु भयो ।

अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताउनु भयो । उहाँले आफ्नै देशका नागरिकलाई नागरिकता दिनबाट वञ्चित गर्ने कार्य असंवैधानिक कार्य भएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);