बालेनविरुद्धको रिट चन्दको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

बालेनविरुद्धको रिट चन्दको एकल इजलासमा

काठमाडौं, ७ असार । काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिट न्यायाधीश धीरबहादुर चन्दको इजलासमा परेको छ ।

हिन्दी फिल्म चल्न नदिने महानगरको निर्णयविरुद्ध परेको रिटमा बिहीबार पाटन उच्च अदालतमा न्यायाधीश चन्दको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।

बुधबार सिनेमा हलहरुका छाता संगठन चललिचत्र संघले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

मेयर बालेनले बलिउड चलचित्र ‘आदिपुरुष’मा समावेश जानकी भारती छोरी हुन् भन्ने भ्रमपुर्ण शब्द भारतबाट नहटेसम्म हिन्दी फिल्म काठमाडौंमा चल्न नदिने भन्दै सोमबारदेखि फिल्म प्रदर्शनमा रोक लगाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);