काठमाडौं, ७ असार । आज ५ वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
आज कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
बैठकमा समितिगत विषयहरुमा छलफल हुनेछ ।




