आजपनि घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आजपनि घट्यो नेप्से

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से १४.०५ अंकले घटेको छ ।

०.६८ प्रतिशतले घटेको नेप्से आज २०५०.७८ को विन्दुमा बन्द भएको छ ।

आज नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । लगातार चार अर्ब माथिको कारोबार भइरहेको बजारमा बुधबार भने घटेर साढे ३ अर्ब भन्दा तल झरेको छ ।

बुधबार नेप्सेमा ५९ हजार ८१३ वटा कारोबारमा ८६ लाख ५१ हजार १६४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ४९ करोड ६८ लाखको कारोबार भएको छ । आज शिवम् सिमेन्टको सर्वाधिक २३ करोड ६ लाखको कारोबार हुँदा सोल्टी होटलको १९ करोड ३५ लाख र हिमालयन डिस्टिलरीको १६ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);