पहिलो पटक पोखरा विमानस्थलमा सफल अन्तर्राष्ट्रिय उडान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

पहिलो पटक पोखरा विमानस्थलमा सफल अन्तर्राष्ट्रिय उडान

पोखरा, ६ असार । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चिनिया जहाजले सफल अवतरण गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ ले पहिलो पटक अवतरण गरेको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आएको ‘सिचुवान एयरलाइन्स’लाई पर्यटन मन्त्री सुदन किरातीले स्वागत गरेका हुन् ।

बुधवार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो । विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरु बोकेको थियो ।

अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा जानुभएको थियो । अंग्रेजी नयाँ वर्षबाट उडान शुरु भएको उक्त
विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनभने सकेको थिएन । यो जहाज करिव दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);