पोखरा, ६ असार । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ ले पहिलो पटक अवतरण गर्ने भएको हो ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधवार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ ।