बेल्चा र सब्बल बोकेर हर्कलाई भेट्न धरान पुगे रेशम | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

बेल्चा र सब्बल बोकेर हर्कलाई भेट्न धरान पुगे रेशम

काठमाडौं । नागरिक उन्मुत्ती पार्टीका संस्थापक रेशमलाल चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङलाई श्रमदानका लागि प्रयोग हुने औजारहरु हस्तान्तरण गरेका छन् ।

आममाफी पाए पछि राजनीतिक भेटघाटमा व्यस्त चौधरी आज धरान पुगेका हुन् । उनले मेयर साङपाङलाई श्रमदानका लागि साथ दिन आफु तयार रहेको बताएका थिए ।

चौधरीले साङपाङबाट प्रभावित भएर आफुलेपनि टिकापुरमा श्रमदानको सुरुवात गर्न लागेको पनि जानकारी दिए । धरान उपमहानगर कार्यलयमा पुगेका चौधरीले मेयर साङपाङको गाएकीको पनि प्रशंसा गरेका थिए ।

संगितकार समेत रहेका चौधरीले साङपाङलाई गित गाएर समेत सुनाएका थिए । उनले कुखुरा काट्न समेत डराउने मान्छेलाई मान्छेमाथि भाला रोपेको आरोप लागेको दाबी गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);