काठमाडौं । चितवन २ अन्तर्गत पर्ने पानीको अभाव भएका ठाउँहरु रामनगर, ठिमुरा, देवघाट, जुगेडी र भतेरीमा पानी पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेका यी स्थानहरुमा ७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याइएको हो ।
रविले चुनावको समयमा १०० दिन भित्र पानी ल्याउने घोषणा गरेका थिए । सोहि अनुरुप १ सय दिन नपुग्दै पानी ल्याएको लामिछानेले जानकारी दिएका छन् ।
त्यसको औपचारिक उद्घाटन भोलि (मङ्गलबार) हुने भएको छ । यसका लागि रवि सहितका रास्वापाका नेताहरु आजै चितवन पुगेका छन् । निरन्तर श्रमदानबाट यो सम्भव भएको भन्दै रविले श्रमदान गर्नेहरुलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिएका छन् ।