काठमाडौं, ४ असार । किर्ते कागजातहरु पेश गरी नागरिकताको महलमा आमाको नाम थप गरी आमाको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । मकवानपुर टिस्टुङ ६ का सतराज गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्जा मेथाभुरुङ गा।वि।स–२ जन्म भएकी उमा देबी गुरुङको मिति २०७४र०५र२६ गते मृत्यु भएको जाहेरवालाको श्रीमतीको मिति २०७९र०४र१८ गते प्रतिबादी सतराज गुरुङको आमा रहेको भनि नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्र लगायतका झुट्टा कागजहरु तयार गरी विभिन्न व्यक्ति तथा निकायकको मिलेमतोमा उमादेवी गुरुङको नाममा रहेको जिल्ला काठमाण्डौ साबिक किर्तिपुर न.पा. वडा नं.३ कित्ता नं.२०३ क्षेत्रफल ९९२.७० ब.मि.जग्गा किर्ते कागजहरु पेश गरी आफ्नो नाममा नामसारी गरी संगठित लिखत किर्ते र ठगि सम्बन्धी कसुर गरेको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा थप अनुसन्धानको एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको छ ।