नेपालको सपनामा वर्षा बाधक | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

नेपालको सपनामा वर्षा बाधक

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाका कारण रद्द भएको छ ।

हङकङको मङकङमा आज लगातारको बर्षाका कारण नेपाल र घरेलु टोलीबीचको खेल टस समेत हुन नसकि रद्द भएको हो । खेल रद्द भएसँगै नेपाल र हङकङले १÷१ अंक बाडेका छन् । योसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ ।

बर्षाका कारण हङकङलाई पराजित गरि इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा पुग्ने नेपालको आशा तुहिएको हो । नेपाल र हङकङ बाहिरिएसँगै भारत ए र पाकिस्तान ए यस समूहबाट सेमिफाइनल प्रवेश गरेका छन् प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको नेपालले बिहीबार भारत ए सँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएको थियो ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);