काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा भइरहेको बहसमा शुक्रबार सरकारी वकिलहरूको बहस सकिएसँगै थुनछेक बहस सकिएको हो ।
शरणार्थी प्रकरणमा प्रहरीले ३० जनाविरुद्ध मुद्दा चलाएको छ । अभियुक्तहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे शुक्रबारनै अदालतले आदेश दिने बुझिएको छ । यसमा केहि हाइप्रोफाइल सहित १८ जना प्रहरी हिरासतमा छन् ।