एयरपोर्टमा भिक्षु, भिक्षुणीहरुका लागि फास्ट ट्रयाकको व्यवस्था गरियोस् : एकनाथ ढकाल | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

एयरपोर्टमा भिक्षु, भिक्षुणीहरुका लागि फास्ट ट्रयाकको व्यवस्था गरियोस् : एकनाथ ढकाल

Eknath-Dhakal

काठमाडौं, १ असार । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा अपमानजनक व्यवहार हुने गरेको गुनासो आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रतिनिधि सभाको आइतबारको बैठकमा शुन्य समयमा बोल्दै ढकालले भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न माग गर्नुभएको हो।

उहाँले भन्नुभयो – ‘नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरु हुनुहुन्छ । उहाँहरुले नेपालको एयरपोर्टमा अपमानजनक व्यवहार व्यहोर्नुपरेको गुनासो उहाँहरुले गर्नुभएको छ । नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, एयरपोर्टमा भिक्षु, भिक्षुणीहरुका लागि फास्ट ट्रयाकको व्यवस्था गरियोस् ।

जुन धेरै बौद्धमार्गि देशहरुमा त्यो व्यवस्था छ । नेपालमा पनि त्यो व्यवस्था गरियोस् भनेर म सरकारसँग माग गर्न चाहन्छु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);