लुम्बिनीका विहार ‘गेस्ट हाउस’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

लुम्बिनीका विहार ‘गेस्ट हाउस’

lumbini bihar guest house

लुम्बिनी, १० पुस । बुद्ध जन्मस्थलमा बौद्ध धर्मावलम्बी मुलुकले बनाएका विहार र गुम्बाहरू गेस्ट हाउसका रुपमा सञ्चालन भइरहेका छन् । गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा निर्मित विहारमा एउटामा १० जना मात्रै बस्न पाउने व्यवस्था भए पनि ६/७ सय जनासम्म पर्यटक राख्ने गरिएको छ । केन्द्रीय नहरको दायाँबायाँ करिब तीन दर्जन यस्ता विहार र धर्मशाला छन् ।

लुम्बिनी विकास कोष ऐन ०४२ र विनियमावलीअनुसार एउटा विहारमा पाँच जना भिक्षु र त्यति नै सहायक बस्न पाउने उल्लेख छ । उक्त व्यवस्थाअनुसार कोषको सिफारिसमा विभिन्न मुलुकबाट आउने भिक्षु र सहायकलाई सरकारले एक वर्षको सहुलियत भिसा उपलब्ध गराउँदै आएको थियो । गत वर्षदेखि त्यसमा कडाइ गरिएको छ ।

कोषका अनुसार लुम्बिनी क्षेत्रमा होटल सञ्चालन नभएका बेला विहारमा पाहुना राख्ने गरिन्थ्यो । सन् १९९८ र २००४ मा आयोजना गरिएको प्रथम र दोस्रो बौद्ध शिखर सम्मेलनका बेला आमन्त्रित राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुनालाई विहारमै राखिएको थियो । त्यसयता नियमन गरिएको छैन । पहिले पर्यटन पूर्वाधार अभाव देखाउँदै विहारमा पाहुना राखिए पनि अहिले लुम्बिनी क्षेत्रबाहिर सुविधासम्पन्न करिब सयवटा होटल निर्माण भइसकेका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);