प्यूठानका वाढिपहिरो प्रभावित वस्तिमा खानेपानि समस्या | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

प्यूठानका वाढिपहिरो प्रभावित वस्तिमा खानेपानि समस्या

६ बैशाख ,प्यूठान ।हरी भण्डारी ।भुकम्प पिडितसरह राहत पाउने प्रधानमन्त्रिको आश्वासन पुरा हुने र सुरक्षित आभासमा यो वर्षायाममा वस्न पाउने सपना साचेका प्यूठानका वाढिपहिरो प्रभावित वस्तिमा अहिले खानेपानि समस्या रहेको छ। त्यहाका वासिन्दाहरु आधा देखि डेढ घण्टा हिडेर खानेपानि लिन जान्छन्। अप्ठ्यारो वाटो र धारामा वस्नुपर्ने लाईनले उनिहरुलाई निक्कै समस्यामा पारेको छ।

प्रधानमन्त्रि प्रचण्डले ‘भुकम्प पिडित सरह राहत र सुविधाको व्यवस्था गरिदिन्छु’ भनेर दिएको आश्वासनको प्रक्रिया त रत्तिवर अगाडि वढेन नै त्यसमाथि खानेपानि अभावले पहिरोपिडित फोप्लीवासिलाई निकै सताएको छ। खानेपानी र वस्तुभाउको लागि पानि वोक्न डेढ घण्टा हिडनुपर्ने त्यहाका स्थानियको पिडा छ। जसका कारण उनिहरुलाई सौचालय प्रयोग गर्नसमेत समस्या भैरहेको छ।

रामवारी, ईजर, रातापोखरा, सेम्वाङ, पिपलवोट लगायतका स्थानमा खानेपानिको अत्याधिक समस्या रहेको स्थानिय शिक्षक भेषराज भण्डारी वताउछन्। हावाहुरी र सुख्या याममा खानेपानीको समस्या त छ नै पानी नहुंदा आगलागिको त्रास पनि उच्च रहेको स्थानियको भनाइ छ। वाटो अन्ने क्रममा डोजरले पाईप पुरेपछि पहिले भएको खानेपानी पनि अस्तव्यस्त भएको हो।

खानेपानीको समस्याकै कारण रामवारीमा आवासिय टेन्टमा वसेका पहिरोपिडित आफ्नो जोखिमपुर्ण घरमा फर्किएको स्थानिय युवराज भण्डारी वताउछन्। केहि स्थानमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयवाट पुगेको पाईप वितरण गरीएपनि पर्याप्त छैन। खानेपानी, सौचालय, विद्युत लगायत कुनैपनि सुविधा नभएका कारण पहिरोपिडितहरु टेन्टमा नवसेका हुन।

यता खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले डोजरले वाटो खन्ने क्रममा जिल्लाका धेरै ठाउमा अन्य विकासका संरचनाहरुमा क्षेति पुर्याउने गरेको वताए। डोजरले संरचनामा क्षेति पुर्याएमा उनिहरुलेनै मर्मत गर्नुपर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख ग्रीष्म थापाको भनाई छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);