भारतीय नक्शामा नेपाली भूमि समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः रघुजी पन्त | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

भारतीय नक्शामा नेपाली भूमि समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः रघुजी पन्त

काठमाडौं, ३२ जेठ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले भारतको संसद भवनमा अखण्ड भारतको नाममा नेपालको भुमि समेटिएको नक्शा राखिएको सम्बन्धमा सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको भन्दै यस्तो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता भएको बताउनु भयो ।

उहाँले सो नक्शाप्रति नेपालले विरोध जनाउँदै भारत सरकारलाई तत्काल कुटनीतिक नोट पठाउन सरकारसँग माग गर्नुभयो । उहाँले कुटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन समेत माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रति को बेवास्ता हो । त्यसैले यस्तो नक्शा प्रति बिरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कुटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।’

उहाँले नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न हुन थालेको बताउनु भयो । केही दिनअघि एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा भारतका लागि नेपाली राजदुत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुभएको भन्दै उहाँले यसबारेमा सरकारको स्पष्ट धारणाको माग गर्नुभयो । उहाँले इपिजी प्रतिवेदनको सम्बन्धमा राजदुतले दिनुभएको वक्तव्यको पनि बिरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘के इपिजि प्रतिवदेनको बारेमा राजदुतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने यो अत्यन्त आपत्तिजनक र खेदजनक छ । इपिजी प्रतिवेदनबारे नेपाल सरकारले संसदलाई आफ्नो स्पष्ट दृष्टिकोण बताउनुप¥यो । के सरकारको दृष्टिकोण हिन्दु राष्ट्रको नारालाई प्रोत्साहन दिने हो ? धर्म निरपेक्ष बारे नेपाल सरकारको दृष्टिकोण के हो ? यो संसदलाई स्पष्ट पारियोस् । के नेपाल हिन्दु राष्ट्र भएमात्र दुई देशको सम्बन्ध राम्रो हुने हो ? त्यसो हो भने २०४६ सालभन्दा अगाडीदेखि हिन्दु राष्ट्र थियो । ०४६ सालमा किन नाकाबन्दी लगाएको ? किन त्यो बेलामा राम्रो सम्बन्ध हुन सकेन ? यसको जवाफ चाहियो ?’

उहाँले राजदुत शर्माले १४ महिनापछि मात्रै भारतीय विदेशमन्त्रीलाई भेट गर्न पाएको भन्दै नेपाललाई हेपिएको कारण समयमै भेट हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले सो हेपाइप्रति प्रतिरोध गर्नुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);