काठमाडौं, ३२ जेठ । सरकारले आज मुख्य सचिव र अमेरीकाका लागि राजदुत नियुक्त गर्दैछ । आज बस्ने मन्त्रिपरिषदको बैठकले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गर्ने भएको हो । मन्त्रिपरिषदको बैठक १० बजेपछि बोलाइएको छ ।
त्यसैगरी बैठकले मुख्यसचिव शंकरदास बैरागीलाई अमेरिकाको राजदुत बनाउने र उनको स्थानमा अर्याललाई मुख्यसचिव नियुक्त गर्ने सरकारको तयारी रहेको छ ।
अर्यालले असार २ गते अवकाश पाउँदै छन् त्यो भन्दा अघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गर्न लागेको बुझिएको छ । अर्याल अहिले प्रधानमन्त्री कार्यालयमा सचिव छन् ।