काठमाडौं, ३२ जेठ । लामो समयदेखि विदेशी भूमि अमेरिकामा बस्दै आएका बिजय बगालेले एनआरएनए भर्जिनिया च्याप्टर (२०२३–२०२५) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । बगालेले एनआरएनए भर्जिनिया च्याप्टरलाई अघि बढाउन आफ्नो प्रतिवद्धता र प्रयासहरुसहितको समावेशी टिम केही दिनमा सार्वजनिक गर्ने इमाउन्टेन डटकमलाई जानकारी दिए ।
पारदर्शी,समावेशी र विश्वसनीय बनाउने अभियानमा आबद्ध बगालेले सबै मिलेर सो अभियानलाई सार्थक बनाउनु पर्नेमा जोड दिँदै आएका छन् । भर्जिनियाबाट केन्द्रमा एनसीसी,आईसीसीमा जान चाहानेहरुलाई पनि उनले शुुभकामना दिएका छन् ।
उम्मेदवार बगालेले सकेसम्म सहमतिय प्रक्रियालाई प्राथमिकता दिने र त्यस्तो अवस्था नरहेमा प्रजातान्त्रिक अभ्यासबाट अगाडी बढ्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।
“भनिन्छ, कुनै पनि समाजसेवा आफैमा चुनौतिपूर्ण छ । यो, सेवा भनेको कही गएर ८ घण्टा काम गरेर घरमा फर्किए जस्तो पनि हैन् । त्यसैले, हामी–हाम्रो ब्यक्तिगत जीवन भन्दा बाहिर निस्किएर, (समय मिलाएर) कसरी म धेरै भन्दा धेरै हाम्रो समुदायप्रति योगदान गर्न सकिन्छ भन्नेमा जोड दिनेछु ।”–बगालेले सामाजिक सञ्जालमा लेखेका छन् ।
एनआरएनए राज्यबाट अमेरिकाको भर्जिनियामा खरिद गरिएको भवनको विधिवतरुपबाट केही दिनअघि पुजा–आजाका साथ रिवन काट्ने कार्यक्रम सम्पन्न भएको थियो ।