सेयर बजारमा हरियाली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

सेयर बजारमा हरियाली

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

सोमबार नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको छ।

नेप्सेमा कूल २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट सबैभन्दा माथि रहेको छ । यसको आज २७ करोड ६६ लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा वेन नेपाल लघुवित्त र भूगोल इनर्जीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

Leave a Reply