नागरिकता विधेयकविरुद्धको रिट रेग्मी र फुयालको संयूक्त इजलासमा | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

नागरिकता विधेयकविरुद्धको रिट रेग्मी र फुयालको संयूक्त इजलासमा

काठमाडौं, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १७ गते प्रमाणिकरण गरेका विवादास्पद नागरिकता विधेयकमाथि परेको रिट न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परेको हो ।

यस अघि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र सुष्मलता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिएको थियो । आज दुवै पक्षले यस विषय माथि बहस गर्ने जनाइएको छ ।

अधिवक्ता द्धय डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अघिल्लो संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणिकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेश आदेशबाट बदर गर्न रिटमा भण्डारी र न्यौपानेले माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);