महोत्तरी, ३० जेठ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका–१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका–१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।