सरकारमा बसेर बजेटको विरोध नगर्न माधव नेपाललाई ‘प्रचण्ड’को चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारमा बसेर बजेटको विरोध नगर्न माधव नेपाललाई ‘प्रचण्ड’को चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बजेटको विरोध नगर्न आग्रह गर्नुभएको हो । सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रधानमन्त्री प्रचण्डले उहाँहरुलाई बोलाएर छलफल गर्नुभएको हो ।

एकीकृत समाजवादी सत्ता साझेदार दल भएकाले सरकारमा बसेपछि बजेटको विरोध गर्नु उचित नहुने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । अप्ठ्यारो परिस्थितिमा जे जस्तो बजेट आए पनि राम्रै आएको भन्दै सबैले सहयोग गरेर जानुपर्ने उहाँले बताउनुभयो । आर्थिक सङ्कट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको प्रधानमन्त्री प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा प्रस्ट पार्नुभएको थियो । बजेटको विरोध गर्दा विरोधीलाई बल उहाँको भनाइ थियो ।

नेताको शक्ति र सत्तालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेकाले विरोध जनाएको नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले बताउनुभयो । बजेट पारित हुन नदिने वा संशोधन गर्ने भन्नेतिर परिस्थिति नजाने उहाँको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);