काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।
सोमवार २० औँ राष्ट्रिय धान दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले किसानहरुका लागि दिइने मलको अनुदानमा दुरुपयोग हुने गरेको बताउनुभएको हो ।
उहाँले अनुदानको मल गैर किसानले लिने गरेको थाहा पाएको भन्दै यसको निम्ति स्वयं किसानपनि सचेत हुनुपर्ने बताउनु भयो । उहाँले किसानहरुलाई अनुदानको मलको खोजि गर्न आग्रह पनि गर्नुभयो । उहाँले मलको दुरुपयोग रोक्न मातहतका निकायहरुलाई निर्देशन समेत दिनुभयो ।
उहाँले रासायनिक मलको प्रयोग कृषिको प्रयोजनबाहेक पनि हुने गरेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताउनु भयो ।