जनयुद्धमा सामेल नभएकाहरुले प्रचण्डबिरुद्ध मुद्दा हाले, प्रतिवाद गर्छौंः सचिव पौडेल | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

जनयुद्धमा सामेल नभएकाहरुले प्रचण्डबिरुद्ध मुद्दा हाले, प्रतिवाद गर्छौंः सचिव पौडेल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा हालेको आरोप लगाउनुभएको छ ।

सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरुले प्रधानमन्त्री दाहालका बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका बताउनुभएको हो । उहाँले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरुले मुद्दा हालेका बताउनु भयो । उहाँले शान्ति प्रक्रिया भाड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हर्कत गरिएको बताउनु भयो । उहाँले माओवादीका बिरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उल्लेख गर्नुभयो । सचिव पौडेलले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरु पूरा गर्नु सबैको कर्तव्य र दायित्व भएको बताउनु भयो ।

सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाब दिनका लागि मुद्दाको प्रसंग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रुपले प्रतिवाद गर्ने बताउनु भयो ।

उहाँले देशमा संविधान निर्माण, गणतन्त्र स्थापना र समावेशि समानुपातिक प्रतिनिधित्वका लागि तत्कालिन समयमा जनयुद्ध गरिएको भन्दै आन्दोलनमा मानिसहरु हताहत हुनु स्वभाविक भएको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);