दक्षिणी युक्रेनमा विनाशकारी बाढी, बालबालिकासहित कैयौं बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

दक्षिणी युक्रेनमा विनाशकारी बाढी, बालबालिकासहित कैयौं बेपत्ता

काठमाडौं, २९ जेठ । दक्षिणी युक्रेनमा विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् । युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लाइमेन्कोले दक्षिणी क्षेत्र खेर्सन र माइकोलाइभका ७७ वटा सहर र गाउँ डुबानमा परेको जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

क्लाइमेन्कोका अनुसार खेरसन क्षेत्रमा सात बालबालिकासहित ३५ जना हराइरहेका छन् । बाढीका कारण खेर्सन क्षेत्रमा पाँच जनाको तथा माइकोलाइभ क्षेत्रमा एक जनाको मृत्यु भएको छ ।ती दुई क्षेत्रमा रहेका तीन हजार ७०० जनालाई सुरक्षितस्थलमा सारिएको उनले बताए । युक्रेनका अभियोजक जनरल एन्ड्री कोस्टिन र अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रतिनिधिले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरेको बताइएको छ ।

खेर्सन क्षेत्रको अग्रपङ्क्तिमा रहेको रुसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौँ भाग्न बाध्य भएका थिए ।युक्रेनले निप्रो नदीमा रहेको बाँध रुसले भत्काएको आरोप लगाएको छ भने मस्कोले कीएभले उक्त संरचनामा विष्फोट गराएको आरोप लगाएको छ चेर्नोबिल आणविक चुहावटपछिको यो सबैभन्दा खराब वातावरणीय विपत्ति भएको युक्रेनले बताएको छ । कूल ४५० टन टर्बाइन तेल निप्रो र काला सागरको पानीमा बगेको बताइएको छ ।

बाँधमा विस्फोटपछि १७० भन्दा बढी अभियोजकहरूले बाँधमा भएको हस्तक्षेपको अनुसन्धान गरिरहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);