काठमाडौं,२९ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने प्रष्ट पार्नुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरेपनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको स्वीकार गर्नुभयो ।
राजनीतिक व्यवस्था र परिवर्तनको कार्यान्वयन गर्ने जिम्मा लिएका व्यक्तिको कमजोरीले समस्या भोग्नुपरेको भन्दै उहाँले राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने बताउनुभयो ।
श्रेष्ठल १२ कक्षा पास गरिसकेपछि विदेश जाने क्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेको टिप्पणी गर्नुभयो । विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यक्ता रहेको उहाँको भनाइ छ ।