चरा जाडो छल्न नेपाल भित्रिए | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

चरा जाडो छल्न नेपाल भित्रिए

saiberiyan-bakulla

काठमाडौं, २५ पुष । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पंक्षिविद् संघका अध्यक्ष डा. हेमसागर बरालका अनुसार धेरै चराहरु हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ ।

मुख्य गरी तिब्बत क्षेत्रमा माईनस डिग्री तामक्रम भएकाले चराहरु जाडो छल्ने नेपाल आउने गर्छन् । केही चराहरु सगरमाथा नाघेरै नेपाल आईसकेका डा. बरालको भनाई छ । साईवेरियाबाट ठुलो संख्यामा चरा नेपाल आएका छन् । यसरी बाहिरबाट करिब १ सय ५० प्रजातिका चराहरु जाडो छल्न आउने गरेका छन् ।

जसमा हाँस प्रजाति मात्रै २२ भन्दा बढीका छन । बसाई सरेर आउने १ सय ५० मध्ये जलक्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । चखेवाहरु र खोया हाँस सगरमाथा नाघेर आईसकेको जाडो छल्न नेपाल भित्रिएको चरा विद् टिका गिरीको भनाई छ । नेपालको कपिलवस्तुस्थित जगदिशपुर तालमा सबैभन्दा बढी चरा पाईन्छन् ।

गएको बर्षको गणनामा त्यहाँ २० हजार चरा भेटिएको थियो । पछिल्ला समयमा जलपंक्षिमा उतारचढाव आईरहेको भन्दै वासस्थान विनास, आहारा प्रजातिमा विभिन्न समस्यालगायत कारणहरुले चरा संरक्षणमा चुनौति थपिंदो छ । चितवनका अर्का चरा विज्ञ टिका गिरी चराको अवस्थाको बारेमा अध्यावधी गर्न बर्षेनी पानीचराको गणना हुने गरेको र यो बर्ष पनि गणना गर्ने तयारी छ ।