कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छः उपमेयर डंगोल | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छः उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाएँबाट एकजुट भइ देश निर्माणका लागि लाग्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गर्नुभयो । उहाँले पहिचान जीवित बनाउनको लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज विभिन्न बाजा, आफ्नै आफ्नै विशेषता भएको बाजा जसरी एकैसाथ एकै थलोमुनि बसेर बाजा बजाइरहेका छौँ । यो एकता बाजा बजाउनेमा मात्रै होइन, यो एकता समाजसेवा गर्ने, देश सेवा गर्नेमा सदैव अघि बढ्न सकोस् । सय थरी बाजा एकै ताल भने झैँ हामी सबै आफ्नो ठाएँबाट एकजुट भएर लागौँ । हाम्रो कलाकृति, संस्कृति बाँचेमात्र हाम्रो भाषा, लिपी, हाम्रो बाजागाजा जबसम्म जीवित हुन्छ तबसम्म हाम्रो पहिचान जीवित हुन्छ, पहिचान जीवित बनाउनको लागि सबै पुस्ता लाग्नुपर्छ ।’

उपमेयर डंगोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार