राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टनको उपाधी एपीएफका प्रिन्स दाहाललाई | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १६ २०८१, शुक्रबार

राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टनको उपाधी एपीएफका प्रिन्स दाहाललाई

काठमाडौं । १६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८०” को पुरुष एकलतर्फको उपाधी नेपाल एपीएफ क्लबका प्रिन्स दाहालले जितेका छन् ।

आज भएको फाइनल खेलमा प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई २१–११ र २१–११ ले पराजित गरी उपाधी जितेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले बिजयी खेलाडीहरुलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिता संचालनमा सहयोग पु¥याउनुहुने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

यसैगरी बिहीबार भएको महिला एकलतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लवकी रसिला महर्जनले नेपाल एपीएफ क्लवकी जेसिका गुरुङ्गलाई २१–१९, १५–२१ र २१–१७ ले पराजित गरी उपाधि हात पारेकी छिन् ।

यसैगरी १९ बर्षमुनिका केटाअन्तर्गत नेपाल एपीएफ क्लबका क्षितिज खनालले एपीएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरी उपाधी जितेका छन् । अन्डर टुभेल ब्वाईज अन्तर्गतको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबका रीजन मगरले त्रिभुवन आर्मी क्लबकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पराजित गरी उपाधी जितेका छन् ।

यसैगरी मेन्स डवलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र विजीत थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित गरी उपाधी जित्न सफल भएका छन् । वुमेन्स डवलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रशीला महर्जन र अनुमाया राईले नेपाल एपीएफ क्लबका जेशीका गुरुङ्ग र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरी उपाधी जित्न सफल भएका छन् भने मिक्स डबलतर्फ नेपाल एपीएफ क्लबका प्रिन्स दाहाल र जेसिका गुरुङले नेपाल एपीएफ क्लबकै विजीत थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित गरी फाईनल खेल जित्न सफल भएका छन् ।

यसैगरी ५५ बर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धी चौधरी र धादिङ्गका बिष्णुलाल श्रेष्ठले बैतडीका पूर्ण चन्द्र जोशी र किर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधी जितेका छन् भने ४५ बर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपीएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङ्ले कास्की पोखराका विशाल हिराचन र शम्भु कुमार श्रेष्ठलाई २१–१३, २२–२० ले पराजित गरी उपाधी जितेका छन् ।

ईन्टर गभरमेन्ट सर्भिस (सिनियर अधिकृत) तर्फको खेलमा नेपाल टेलिकमका सोभाखर भण्डारी र हरिकृष्ण शर्माले नेपाल एपीएफ क्लबका धिरेन्द्र चन्द र सुधिर सुवेदीलाई २२–२०, २१–१२ ले पराजित गरी उपाधी जितेका हुन् ।

नेपाल एपीएफ क्लबको आयोजनामा उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्ड हलमा जेठ २१ गतेदेखि संचालन भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);