आगामी आर्थिक वर्षको बजेटमा पञ्चायतकालिन बजेटको पुनरावृत्ति भयोः सांसद गुरुङ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

आगामी आर्थिक वर्षको बजेटमा पञ्चायतकालिन बजेटको पुनरावृत्ति भयोः सांसद गुरुङ

काठमाडौं । नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट पञ्चायतकालिन बजेटको रुपमा पुनरावृत्ति भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने जति अधिकार नदिइएको बताउनुभएको हो । उहाँले पञ्चायतकालमा प्रधानपञ्चलाई जति अधिकार र बजेट छुट्टयाइन्थ्यो अहिले पनि त्यस्तै देखिएको उल्लेख गर्नुभयो । उहाँले बजेट पञ्चायतकालिन र बहुदलकालिन बजेटको पुनरावृत्तिको रुपमा आएको बताउनु भयो ।

उहाँले स्रोत व्यवस्थापन र बजेट वितरणका हिसावले बजेट एकात्मकतावादी रहेको बताउनु भयो । बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई छुन नसकेको उहाँको भनाई छ ।

उहाँले बजेट प्रगतिशिल नभएको उल्लेख गर्नुभयो । प्रगतिशील कर प्रणाली पनि नभएको उहाँले बाउनु भयो । बजेटले मुलुकमा राष्ट्रिय पुँजीको विकास गर्न नसक्ने उहाँले बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);