विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्छः अध्यक्ष लिङदेन | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्छः अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले बिद्युतिय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो । उहाँले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताउनु भयो ।

उहाँले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गर्नुभयो । उहाँले करको दर र दायरा जथाभावी रुपमा बढाउने काम गरिएको बताउनु भयो । उहाँले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगत देखिका प्रधानमन्त्रीहरुले खालि भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको बताउनु भयो ।

उहाँले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पार्नुभयो । तर विदेशीले नागरिकता लिएको विषयमा भने छानविन हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले कपास विकास समिति र दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति विरोध जनाउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);