सहकारी संस्थाको अनुशासनलाई सुदृढ बनाउन जरुरी छः सचिव रेग्मी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सहकारी संस्थाको अनुशासनलाई सुदृढ बनाउन जरुरी छः सचिव रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित सहकारीको विद्यमान चुनौति र समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिवद्धता लिन आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गर्नुभयो । उहाँले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्थाहरु अपमानित हुनु परेको बताउनु भयो । सहकारीहरु आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताउनु भयो । उहाँले सहकारी संस्थाहरुले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यी समस्याहरु समाधान हुन्छन्, सहकारी क्षेत्रले पुनः पुनर्जीवन पाउँछ र अर्थतन्त्र र सामाजिक क्षेत्रमा महत्वपूर्ण क्षेत्रका रुपमा रुपान्तरण हुनसक्छ । तर हामीमा साझा प्रतिवद्धताको आवश्यक्ता छ । समस्या साह्रै ठूलो पनि नबनाऔँ । सबै सहकारी समस्याग्रस्त भएका होइनन्, सबै सहकारी भागेका पनि होइनन्, सबै वचतकर्ताको वचत समस्यामा परेको पनि होइन तर केहीको परेको छ । जहाँ जहाँ अनुशासन भएन, जहाँ जहाँ सहकारीको मूल्य मान्यता आत्मसाथ गरिएन त्यहाँ समस्या भयो । शहरी क्षेत्रमा बढी समस्या बढी आयो । त्यसमा पनि केही मात्रै सहकारीमा समस्या आयो । आफ्नो ठाउँमा बस्न नसक्दा यस्ता समस्या आए । पहिले त हामीले आन्तरिक सुशासनको पालना गर्नुपर्छ । त्यसमा कमी कमजोरी भएको छ । अरुमा समस्या खोजि गर्ने हो भने झनै समस्या बढ्छ । सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यक्ता छ ।’

सचिव रेग्मीले गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले असजिलो अवस्थामा अवरोध नभइ एकवद्ध हुुनपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);